काठमाडौँ । नेपाल राष्ट्र बैंकले भदौ ५ गते ६ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको छ । बैंकले ९१ दिने र ३६४ दिने गरी दुई किसिमको ट्रेजरी बिलको कूल ६ अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो ।
केन्द्रीय बैंककाअनुसार मंगलबार नवीकरण हुने ट्रेजरीको सोमबार दिउँसो ३ बजे बोलकबोल हुने छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले तोकिएको समय भित्र आवेदन दिन सक्नेछन् ।
ट्रेजरीको बिक्री सोमबार अर्थात् भदौ ४ गतेदिउँसो ३ बजे हुनेछ ।
FACEBOOK COMMENTS