काठमाडौं । कुमारी बैंकले आज (भदौ ५ गते) देखि ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक समूहमानै रहने गरी उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा भदौ १९ गतेसम्म आवेदन दिन मिल्नेछ । यो शेयर विक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।
FACEBOOK COMMENTS