काठमाडाैं । सरकारले बैंकका दुईजना प्रमुख कार्यकारी अधिकृत (सीईओ) सहित ३ जना बैंकरलाई संविधान दिवसका अवसरमा विभूषित गरेको छ ।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र प्रसाद ढुंगाना र एनएमबि बैंकका सीईओ सुनिल केसी र बैंकर शिक्षा भट्टचनलाई संविधान दिवसका अवसरमा सरकारले विभूषित गरेको छ ।
नबिलका सीईओ ढुंगाना र एनएमबिका सीईओ केसीलाई संविधान दिवसका अवसरमा सरकारले प्रबल जनसेवाश्री पदकमार्फत विभूषित गर्ने भएको हो ।
संविधान दिवसका अवसरमा यी २ बैंकका सीईओले प्रबल जनसेवाश्री पदक पाउँदा अर्की बैंकर भट्टचनले विकास रत्न पाएकी छिन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS