काठमाडौं। एभरेष्ट बैंकको सञ्चालक समितिको अध्यक्षमा डा। बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष वैद्यले शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन्। पूर्व अध्यक्ष बिके श्रेष्ठको निधन भएपछि बैंकको अध्यक्ष पद रिक्त रहेको थियो।
वैद्य २०६० सालदेखि बैंकको बोर्डमा छन्। बैंकको ९।३ प्रतिशत सेयर होल्डिङ भएको संस्थापक होटेल स्नो लायनको तर्फबाट वैद्यले प्रतिनिधित्व गर्दै सञ्चालक बनेका हुन्।
उनले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन्। दुई पटक राष्ट्रिय योजना आयोगको सदस्य रहेको उनीसँग अनुभव छ। साथै गरिबी निवारण कोषको सञ्चालक समितिमा पनि उनी थिए।