काठमाडाैं । एक सातामा कमर्शियल बैंकहरुको निक्षेप उल्लेख्य रुपमा वृद्धि भएको छ भने कर्जा लगानी पनि बढेको छ। कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए का अनुसार एक हप्तामा कमर्शियल बैंकको निक्षेप ४१ अर्बले बढेको छ भने कर्जा लगानी २ अर्बले बढेको छ।
भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म बैंकहरुको निक्षेप ४१ अर्बले बढेर ४४ खर्ब ४५ अर्बबाट ४४ खर्ब ८६ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ८८ अर्बबाट ४१ खर्ब ९० अर्ब पुगेको छ।
चाडपर्व नजिकिदै गर्दा बैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स पठाउने क्रम बढेको र बैंकिंग प्रणालीमा विस्तारै निक्षेप जम्मा हुन थालेकाले एक सातामै ४१ अर्बले निक्षेप बढेको जानकारहरु बताउँछन।
FACEBOOK COMMENTS