काठमाडौं । नबिल बैंकले पुस १२ गते बिहीबार वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभामा बैंकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । सभा, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । मंसिर २८ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन् ।
FACEBOOK COMMENTS