काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको अध्यक्षमा प्रकाश बराल नियुक्त भएका छन् । लिमिटेडको आइतबार सम्पन्न सञ्चालक समितिको ४५ औँ बैठकले ज्योति विकास बैंकबाट सञ्चालक मनोनीत भई आएका बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बराललाई क्यापिटलको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
बैंकिङ्ग क्षेत्रको उच्च व्यवस्थापन तहमा १४ वर्ष भन्दा बढीको अनुभव बोकेका बराल आइतबारदेखि लागू हुने गरी यस ज्योति क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा चयन भएका हुन् । बरालसँग भारतको बिडिओ इन्टरनेशनलका साथै नेपाल बैंक लिमिटेड, प्रभु बैंक लिमिटेड तथा एन आई सी एसिया बैंक लिमिटेडको उच्च व्यवस्थापन तहमा कार्य गरेको अनुभव रहेको छ ।
यसका साथै, एन आई सी एसिया लघुवित्त वित्तीय संस्थामा समेत सञ्चालकको भूमिका निर्वाह गरेका बरालको अन्य विभिन्न संस्थाहरूमा समेत सफल कार्य गरेको अनुभव रहेको छ । भारतको आईसीएआईबाट चार्टर्ड एकाउन्टेन्सी गरेका बरालले त्रिभुवन विश्वविद्यालयबाट एल एल।बि को साथै अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् ।
FACEBOOK COMMENTS