काठमाडौं । गरिमा विकास बैंकले लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हालको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँको ९ दशमलव ५ प्रतिशत हुन आउने ४९ करोड २८ लाख ३० हजार दुई सय ७० रुपैयाँ बराबरको बोनस सेयर तथा ० दशमलव ५ प्रतिशतले हुन आउने दुई करोड ५९ लाख ३८ हजार चार सय ३५ रुपैयाँ नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने भएको हो ।
गत वर्ष बैंकले १३ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS