काठमाडौँ । सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्वअध्यक्ष कुलचन्द्र गौतम बैंकर्स संघबाट सम्मानित भएका छन् ।
नेपाल बैंकर्स संघको ३७औं बार्षिक साधारण सभाबाट सिटिजन्स बैंकका सञ्चालक समितिका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका हुन् ।
पुष ७ गते (शनिवार) चितवनमा आयोजित संघको ३७औं बार्षिक साधारण सभामा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको समुपस्थितिमा गौतमले बैंकको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै उक्त सम्मान प्रदान गरको हो ।
गौतम संयुक्त राष्ट्र संघको सहायक महासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्ति प्रक्रिया तथा अन्र्तराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एसियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहाकार हुन् । गौतम सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षको रुपमा २०६७ बैशाख १७ गते देखि २०६८ असोज २८गते सम्म रहेका थिए ।
साथै उनी सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्ष लगायत राष्ट्रिय तथा अन्र्तराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा आवद्द भई गरिबी निवारण, शान्ति प्रक्रिया निर्माण विश्व स्वास्थ्य, आधारभूत शिक्षा कुटनैतिक तथा बैंकिङ्ग क्षेत्र र समस्त अर्थतन्त्रको विकासका लागि विगत ५ दशक भन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
FACEBOOK COMMENTS