काठमाडौं । लक्ष्मी सनराइज बैंकको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ७ दशमलव ३७ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ३७ प्रतिशत नगद लाभांश छ ।
साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पारित गर्दै आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ ।
साथै साधारण सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण शेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ ।
नवनियुक्त सञ्चालक समितिकोे सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS