काठमाडौं । एनआईसी एशिया क्यापिटल र काठमाण्डौ ल्यानको बीच दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । उक्त क्यापिटलको आइडिया टु आइपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित “निष्काशन तथा बिक्री प्रबन्धक” नियुक्ती गर्ने दुई पक्षिय सम्बन्धी सम्झौता भएको हो ।
एन आई सी एशिया क्यापिटलल आइडिया टु आइपीओ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ ।
सोही सेवा अन्तर्गत तीनधारा मार्ग काठमाण्डौ, नेपालमा रजिष्ट्रार कार्यालय रहेको काठमाण्डौ ल्यानको प्रा.लि.लाई क्यापिटलको आइडिया टु आइपीओ सेवा अन्तर्गत काठमाण्डौ ल्यानको प्रा.लि.लाई पब्लिक कम्पनीमा परिणत गराई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए अनुसार प्रचलित कानून बमोजिम सर्वसाधारणहरुमा आइपीओ निष्कासन गर्नको लागि एन आई सी एशिया क्यापिटल लिमिटेड र काठमाण्डौ ल्यानको बीच निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको हो ।
त्यस्तै काठमाण्डौ ल्यानको प्रा.लि. संगठित आवास, अपार्टमेन्ट निर्माण गर्ने तथा व्यवसायीक घर जग्गा कारोबार गर्ने मुख्य उद्देश्यका साथ स्थापना भएको एक प्रमुख रियल इस्टेट विकास कम्पनी हो । हाल उक्त कम्पनीले भैंसेपाटी, काठमाण्डौमा २३ रोपनी क्षेत्रफलमा व्यवस्थित भिलाहरु निर्माण गर्न लागेको छ ।
एन आई सी एशिया क्यापिटलले आइडिया टु आइपी ओसेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण शेयर निष्काशन सम्मको कार्य गर्न आवश्यक परामर्श सेवा संचालन गरिरहेको हुँदा उक्त सेवा लिन चाहने कम्पनीहरुले क्यापिटलका प्रमुख मर्चेण्ट बैंकिङ्ग दामोदर रायमाझीलाई मोवाइल नं.९८०२३५५६७८ मा सोझै सम्पर्क गर्न सकिने छ ।
FACEBOOK COMMENTS