काठमाडौं । लुम्बिनी विकास बैंक लि.ले साहारा एकेडेमी पोखराद्वारा पोखरा – १७ दोबिल्लामा सञ्चालित साहारा फुटबल एकेडेमीलाई २ लाख ४४ हजार ८ सय सहयोग हस्तान्तरण गरेको छ ।
बैंकले बिगत बर्षहरुमा गरिरहेको सहयोगलाई निरन्तरता दिदै आर्थिक सहयोग स्वरुप रु. २ लाख ४४ हजार ८ सय सहयोग हस्तान्तरण गरेको हो । बैंकका सञ्चालक समितीका सदस्य रामचन्द्र सिग्देलले साहारा क्लबका अध्यक्ष केशव राज वराल लाई उक्त रकमको चेक हस्तान्तरण गरे । सिग्देल ले साहारा एकेडेमीमा आश्रित बाल–बालिकाहरु लाई सहयोग गर्न पाउनु खुसीको कुरा रहेको बताए । साहाराले निकै राम्रो र प्रशंसनीय कार्य गर्दै आएकोमा सञ्चालक सिग्देलले क्लबको प्रशंशा समेत गरेका छन् ।
लुम्बिनी विकास बैंकले प्रदान गरेको आर्थिक सहयोगका लागि आभार प्रकट गर्दै साहारा क्लबका अध्यक्ष वरालले सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजा र खानाका लागि खर्च गरिने बताए । कार्यक्रममा बैंकका पोखरास्थित शाखाहरुका प्रवन्धकहरु, क्लबका निवर्तमान अध्यक्ष हरि राम गुरुङ र पूर्व अध्यक्ष विक्रम थकाली लगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
एकेडेमीमा हाल १५ जिल्लाका ४५ कठिन एवं विपन्न परिस्थितिका बालकहरु छन् । साहारा क्लब पोखराले उनीहरुको लालन – पालन, शिक्षासँगै फुटबल प्रशिक्षण दिंदै आएको छ । क्लबले २०६१ सालदेखि एकेडेमी सञ्चालन गरिरहेको छ ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
FACEBOOK COMMENTS