काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म एभरेष्ट बैंक लिमिटेडले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको नाफा ७ दशमलव ८८ प्रतिशत बढेको हो ।
गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । तर, बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य गिरावट देखिएको छ । बैंकको यस्तो आम्दानी १ दशमलव २७ प्रतिशत घटेर ३ अर्ब ६२ करोड ३४ लाख रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको संचालन नाफा पनि ७ दशमलव ९० प्रतिशत बढेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ कायम भएको छ ।
FACEBOOK COMMENTS