काठमाडौं । प्रभु बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश नदिने भएको छ।
कम्पनीको माघ ८ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।
बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । यसले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
FACEBOOK COMMENTS