काठमाडौँ । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित ११ जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले न्यौपाने, बैंकका पूर्व सिईओ तुलसी गौतमसहित ११ जनालाई पक्राउ गरेको हो ।
न्यौपाने हाल प्रभु बैंकका डेपुटी सीईओ हुन् । उनले सोही सीईओको पद दुरुपयोग गर्दै मनोमानी ढंगले ऋण प्रवाह गरेका थिए ।
सेन्चुरी बैंक हालै मात्र प्रभुमा मर्ज भएको थियो । प्रभुले प्राप्ति गरेपछि मनोज न्यौपानेलाई डीसिईओ बनाएको हो । गत पुसमा प्रभुले सेन्चुरीलाई १:१ को स्वाप अनुपात प्राप्ति गरेको हो ।
सेन्चुरी बैंक रहँदा भएको घटनामा उनीहरूलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जनाएको छ ।
FACEBOOK COMMENTS