काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूविरुद्ध आनावश्यक भ्रम छर्ने, कर्मचारीलाई धम्की दिने र दुर्व्यवहार गर्नेहरुलाई कारबाही हुने गरिने भएको छ ।
हिजो सोमबार जिल्ला प्रशासन कार्यालय बर्दियाले एक विज्ञप्ति जारी गर्दै कथित संघ संस्था वा अभियानको नाममा भ्रम छर्दै धम्कीपूर्ण अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्ने जनाएको हो ।
‘बर्दिया जिल्लामा पछिल्ला समय केही समयदेखि कथित संघ संस्था वा अभियानको नाममा भ्रमपूर्ण/धम्कीपूर्ण अभिव्यक्ति दिने, कानून विपरितका कार्य गर्ने गराउने, नागरिक, राष्ट्रसेवक कर्मचारी तथा बैंक वित्तीय संस्थाहरु विरुद्ध भ्रम छर्ने र कर्मचारीहरुलाई अपमान गर्ने लुकीछिपी विभिन्न दुव्र्यहार गर्ने प्रयत्न भइरहेकोतर्फ जिल्ला सुरक्षा समितिको गम्भीर ध्यानकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
केही समयअघि बर्दिया जिल्लामा कार्यरत कर्मचारीहरुले धम्की दिने जस्ता गतिविधिविरुद्ध सुरक्षाको माग गर्दै प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पेश गरेका थिए । साथै अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउन र जिल्लामा शान्ति सुरक्षा र सुशासन कायम राख्न प्रतिवद्ध भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
FACEBOOK COMMENTS