काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा ४७ अर्ब १ करोड ५३ लाख ९४ हजार रुपैयाँ रहेको थियो । पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दी, आर्थिक गतिविधि सुस्त हुनु, व्यापार व्यवसाय नफस्टाउनु, कर्जाको माग निकै सुस्त हुनुको प्रत्यक्ष असर बैंकहरुको नाफामा परेको हो ।
सञ्चालनमा रहेका २० वटा वाणिज्य बैैंकमध्ये ७ वटा बैंकको नाफा बढेको छ भन बाँकी १३ वटा बैंकको नाफामा भारी गिरावट आएको छ । २० वटा बैंकमा १८ वटा बैंकको नाफा अर्ब बढी रहेको भएपनि २ वटा बैंक नाफा आर्जनमा अर्ब क्लबमा पर्न सकेनन् । अर्बपति क्लबमा पर्न नसक्ने बैंकमा नेपाल बैंक र माछापुच्छे बैंक रहेका छन् ।
नाफा बढाउने बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंक, प्राइम बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, सिद्धार्थ बैंक र कृषि विकास बैैंक रहेका छन् ।
FACEBOOK COMMENTS