काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ ।
समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश विभाग प्रमुख प्रकाश पौडेल र ल्याण्डमार्क होटल एण्ड रिर्सोट प्रा।लि।का ग्रुप जनरल म्यानेजर बोधराज लम्सालले हस्ताक्षर गरे ।
उक्त समझदारी अनुसार बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग एप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताहरुले ल्याण्डमार्क होटल एण्ड रिर्सोटको काठमाडौं, पोखरा, चितवन तथा भैरहवास्थित होटल तथा रिसोर्टमा उपलब्ध सेवामा १० देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरुले होटल तथा रिर्सोटमा उपलब्ध सेवामध्ये बेड एण्ड ब्रेकफास्ट, खाना तथा संचालनमा रहेका अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।
FACEBOOK COMMENTS