काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) सँग महिन्द्राफोर ह्विलरको विराटनगर, इटहरी र धरानका आधिकारीक बिक्रेता रोयल अटो इन्टरप्राइजेज, इस्टर्न मोटर्स, इस्टर्न अटो प्वाइन्टले नगदरहित बीमा दाबीका लागि सम्झौता गरेका छन् ।
सम्झौतापत्रमा आधिकारिक बिक्रेताका तर्फबाट इस्टर्न अटो प्वाइन्टका सञ्चालक किरण भट्टराई र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रले सम्झौतामा हस्ताक्षर गरेका छन्। यस सम्झौतापछि महिन्द्राका ग्राहकले सवारीसाधन मर्मतसम्भार वा बीमा दाबी गर्दा छिटो, सहज, पहुँचयोग्य र झन्झटमुक्त सेवाहरु पाउने छन्।
उक्त अवसरमा सलिकोका कोशी प्रदेश प्रमुख नारायण गौतम तथा प्रतिनिधि, इस्टर्न मोटर्सका सञ्चालक उत्कृष्ट भट्टराई तथा प्रतिनिधि, स्थानीय बैंकका प्रतिनिधि, बीमा सर्भेयरलगायतको उपस्थिति थियो।
FACEBOOK COMMENTS