काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिर्वाण घोष दस्तीदारलाई एक वर्षमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब भत्ता दिएको छ ।
दस्तीदारले बैठक भत्ता भने लिने गरेका छैनन् । बैंकले कर्मचारीलाई तलब, भत्ता तथा बोनस एक वर्षमा १ अर्ब ९५ करोड ८७ लाख १४ हजार ९६ रुपैयाँ खर्च गरेको छ ।
कृष्ण कुमार प्रधानले १२ वटा बैठकमा सहभागी भएर २ लाख ७४३ हजार र भरत कुँवरले १५ वटा बैठकमा सहभागी भएर ३ लाख ३६ हजार रुपैयाँ भत्ता लिएका छन् ।
बैंक सञ्चालक समितिकी अध्यक्ष जरिन दारुवालालले कुनै पनि सञ्चालक समितिको बैठक भत्ता लिएकी छैनन् ।त्यस्तै करण डि आल्युसले पनि समितिको बैठक भत्ता लिएका छैनन् ।
FACEBOOK COMMENTS