काठमाडौं । सिद्धार्थ बैंकले बाढी पिडितलाई २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोष मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा उक्त रकम सहयोग गरेको हो ।
असोज १० देखि १२ गतेसम्म देशभर भएको अविरल वर्षाका कारणले आएको बाढीको डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो ।
बैंकले विभिन्न समयमा दैवी प्रकोपमा परेका पीडितहरुको उद्दार र पुनस्र्थापनाको कार्यहरूमा सामाजिक उत्तरदायित्व अन्तर्गत देशको एक जिम्मेवार वित्तिय संस्थाको रुपमा सहभागिता जनाउदै आएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS