काठमाडौं । गरिमा बैंकले १८ औं बार्षिकउत्साव अवसरमा ‘गरिमा रोड रेस कम्पिटिशन–२०८१’ आयोजना गर्ने भएको छ । बैंकले शनिवार ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्ने भएको हो ।
जसमा बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेट तर्फ ५ किलोमिटर दुरीको ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ आयोजना गर्न गईरहेको जनाएको छ । दुवै विधा अन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछन् ।
खुल्लातर्फको १० किलोमिटर ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ इच्छुक व्यक्तिले प्रतिस्पर्धामा सहभागिता जनाउन सक्नेछन् भने कर्पोरेट तर्फको ५ किलोमिटर ‘गरिमा रोड रेस कम्पिडिशन–२०८१’ मा संघ संस्थाका कर्मचारी तथा पदाधिकारीहरुले मात्र सहभागिता जनाउन सक्ने बैंकको भनाई छ ।
कार्यक्रममा महिला र पुरुषतर्फको गरी चारवटै प्रतिश्पर्धामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हाँसिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।
FACEBOOK COMMENTS