काठमाडौं। गरिमा विकास बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा देशभर १८ संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरू सम्पन्न गरेको छ। ‘एक्सिस टु अल’ नाराका साथ अगाडि बढेको बैंकले देशका विभिन्न स्थानमा रक्तदान, सामुदायिक सहयोग, र शैक्षिक सामग्री वितरणजस्ता विविध गतिविधि आयोजना गरेको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले देशभर गरेका मुख्य कार्यक्रमहरू:
देशका विभिन्न सात स्थानमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरी कुल ५६२ युनिट रगत संकलन ।
क) बैंकको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित रक्तदान कार्यक्रमबाट ७७ युनिट रगत संकलन ।
ख) बैंकको क्षेत्रीय कार्यालय, नारायणगढमा आयोजित रक्तदान कार्यक्रमबाट ७८ युनिट रगत संकलन ।
ग) बैंकको क्षेत्रीय कार्यालय, पोखरामा आयोजित रक्तदान कार्यक्रमबाट १६२ युनिट रगत संकलन ।
घ) बैंकको शाखा कार्यालय, बुटवलमा आयोजित रक्तदान कार्यक्रमबाट ८४ युनिट रगत संकलन ।
ङ) बैंकको क्षेत्रीय कार्यालय, कोहलपुरमा आयोजित रक्तदान कार्यक्रमबाट ६५ युनिट रगत संकलन ।
च) बैंकको शाखा कार्यालय, इटहरीमा आयोजित रक्तदान कार्यक्रमबाट ५९ युनिट रगत संकलन ।
छ) बैंकको शाखा कार्यालय, वीरगञ्जमा आयोजित रक्तदान कार्यक्रमबाट ३७ युनिट रगत संकलन ।
जिल्ला ट्राफिक कार्यालय, पोखरामा ब्रेथलाइजर (अलकोहल डिटेक्सन डिभाइस) र रंगिन प्रिन्टर प्रदान ।
कीर्तिपुर अस्पताल प्रवेश गर्ने स्थान र मूल सडकमा ट्राफिक व्यवस्थापनका लागि ट्राफिक डिभाइडर कोन प्रदान ।
कान्ति बाल अस्पताल, काठमाडौंमा वेटिङ कुर्सी प्रदान ।
बेनी अस्पताल, म्याग्दीमा वेटिङ कुर्सी प्रदान ।
श्री ज्ञानज्योति आधारभूत विद्यालय लल्याङ, स्याङ्जाका विद्यार्थीहरूलाई ट्र्याकसुट (स्कुल ड्रेस) वितरण ।
जानकी मन्दिर जनकपुरधाममा जुत्ता राख्ने र्याक प्रदान ।
श्री रामनदीधाम संस्कृत गुरुकुल राम्दी, स्याङ्जामा स्टिल दराज प्रदान ।
मेची आधारभूत विद्यालय, भद्रपुर– ३ झापा, डोलो गाँउ (मेची नदीपारिको गाउँ) मा विद्यार्थीहरूका लागि जुत्ता र मोजा वितरण ।
श्री रम्भादेवी प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई जाडो मौसमको पोशाक वितरण ।
श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालय वालिङ– ११, गब्दे, स्याङ्जाका विद्यार्थीहरूलाई ट्र्याकसुट (स्कुल ड्रेस) वितरण ।
साथै, स्वस्थ जीवनशैलीका लागि खेलकुुदु भन्ने नाराका साथ यस बैंकले यही ८ मंसिर अर्थात् भोलि शनिबार ‘गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्दै छ । कीर्तिमानी धावक एवं ओलम्पियन वैकुण्ठ मानन्धरले उद्घाटन गर्ने उक्त प्रतियोगितामा खुल्लातर्फ महिला र पुरुष १० किमि र कर्पोरेटतर्फ महिला र पुरुष ५ किमि दूरीको गरी कुल ४ वटा रोड रेस प्रतियोगिता आयोजना गरिनेछ ।
यस प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने धावकहरूलाई बैंकले क्रमशः ७५ हजार, ६० हजार, ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्रदान गर्ने बताएको छ । खुल्ला र कर्पोरेटतर्फको रोड रेस प्रतियोगितामा करिब ७ सय जनाको सहभागिता रहने बैंकले जनाएको छ ।
बैंकले यस किसिमका सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरूलाई आगामी दिनमा समेत प्राथमिकतामा राखी निरन्तरता दिने तथा रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको जनाएको छ ।
FACEBOOK COMMENTS