काठमाडौं ।पछिल्लो समय नेपाल धितोपत्र बोर्डमा पाइपलाइनमा रहेका कम्पनीहरुको साधारण शेयर (आइपिओ) आउने क्रम बढीरहेको छ । एकपछि अर्कोगरी आइपिओ आउने क्रम बढ्न थालेपछि लगानीकर्ताहरु अब प्राथमिक बजारमा आकर्षित हुने थालेका छन् । आम लगानीकर्ताहरुको लगानीलाई सुनिश्चित भरपर्दो र दिर्घकालीन कारोबार गर्नका लागि सिटीजन्स बैंकबाट डिम्याट खाता खोल्दा अनेक सुविधा पाउन सकिने बैंकले जनाएको छ । बैंकले सन् २०१४ देखि नै डिम्याट खाता बैंकले डिम्याट खाता खोल्नेदेखि लिएर धितोपत्रको सुरक्षित भण्डारणसम्मका विभिन्न सेवाह प्रदान गर्दै आएको हो ।
बैंकले हाल शेयर प्रमाणपत्रहरूको अभौतिकीकरण तथा पुनर्भौतिकीकरण,धितोपत्रको जम्मा, निकासी र स्थानान्तरण,खाताको अद्यावधिक विवरण प्राप्त गर्ने लगायतको सुविधा उपलब्ध गराउँदै आएको छ । त्यस्तै लगानीकर्ताको धितोपत्रलाई इलेक्ट्रोनिक फारममा सुरक्षित राख्न र पुस्तक प्रविष्टि प्रणालीमार्फत खातामा डेबिट÷क्रेडिट गर्ने व्यवस्था समेत गरेको बैंकले जनाएको छ ।
ग्राहकले सहज रूपमा बैंकका शाखाहरू वा अनलाइन माध्यमबाट डिम्याट खाता खोल्न सकिने बैंकको भनाई छ । त्यस्तै मेरो शेयरको पहुँच पनि रहेको छ । बैंकका अनुसार ग्राहकले मेयर शेयर मार्फत आफ्ना खाता सम्बन्धी विवरण, वास्तविक समयमा हेर्न र स्टेटेमन्ट डाउनलोड गर्न र पोर्टफोलियो मूल्य अवलोकन गर्न सकिने जनाइएको छ । यदि तपाईँ सिटिजन्स बैंकमा डिम्याट खाता खोल्न चाहनुहुन्छ भने, नजिकको शाखामा सम्पर्क गर्न सक्नुहुन्छ वा बैंकको आधिकारिक वेबसाइटमा गएर थप जानकारी प्राप्त सकिने बैंकले जनाएको छ ।
यस्ता छन् थप सुविधा
निःशुल्क डिम्याट खाताः बैंकले डिम्याट खाता निःशुल्क उपलब्ध गराउँदै आएको छ। सी–आस्बा सुविधाः प्राथमिक सेयर निष्कासनमा सहभागी हुनका लागि सी–आस्बा सेवाको सुविधा पनि निःशुल्क प्रदान गरिन्छ।
मेरो सेयर सेवाः सेयर सम्बन्धी विवरणहरू अनलाइनमार्फत हेर्न र व्यवस्थापन गर्न ’मेरो सेयर’ सेवा निःशुल्क उपलब्ध छ।
बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता एकैसाथ खोल्ने सुविधाः ग्राहकहरूले एकै पटक बैंक खाता, डिम्याट खाता र ब्रोकर खाता खोल्न सक्नेछन्, जसले सेयर कारोबारलाई सहज बनाउँछ।
अन्य बैंकिङ सुविधाहरूः बैंकले मोबाइल बैंकिङ, भिसा डेबिट कार्ड, इन्टरनेट बैंकिङ जस्ता सेवाहरू पनि निःशुल्क प्रदान गर्दै आएको छ
FACEBOOK COMMENTS