काठमाडौं । हिमालयन बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ)लाई तलब, भत्ता बापत २ करोड १५ लाख १६ हजार ३ सय ३ रुपैयाँ नगद दिएको छ ।
बैंकले सिइओलाई तलब बापत १ करोड ६ लाख २ हजार रुपैयाँ, भत्ताबापत ९५ लाख ४८ हजार रुपैयाँ , टेलिफोन मोबाइल/बापत ४ लाख ४४ हजार ३०५ रुपैयाँ र विविध खर्च बापत ९ लाख २२ हजार २८ रुपैयाँ रकम दिएको हो ।
त्यस्तै, बैंकले सिईओलाई यी बाहेक पनि गाडी र विमाको सुबिधा दिएको छ । बैंकले संचय योगदानबापत र आवासको सुविधा भने दिएको छैन् । बैंकले बैेंकका सञ्चालकहरुलाई ५३ लाख ४ हजार ४ सय ५६ रुपैेयाँ रकम भुक्तानी गरेकाे छ । बैंकले बैठक भत्ता बापत ३४ लाख २० हजार रुपैयाँ, टेलिफोन मोबाइल बापत १ लाख ९३ हजार १ सय ८५ रुपैयाँ , र विबिध खर्च बापत १६ लाख ९१ हजार २ सय ७१ रुपैयाँ रकम भुक्तानी गरेकाे हो । बैंकले संचालकहरुलाई बिमाको सुविधा पनि दिएको बैकले जनाएकाे छ ।
FACEBOOK COMMENTS