काठमाडौं । फागुन महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत रहने भएको छ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसनले माघमा कायम निक्षेपको ब्याजदरलाई नै फागुनमा पनि निरन्तरता दिने निर्णय गरेको हाे ।
हाल साधारण मुद्दतिको ब्याजदर ११ प्रतिशत छ। कार्यसमिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको बैठक आज बिहान साढे ९ बजे बसेको थियो। राष्ट्र बैंककाे शुक्रबार हुने मौद्रिक नीति समीक्षाले बैंकदर घटाए भने बैंकहरुको निक्षेपको ब्याजदर पनि घट्न सक्ने संघले जनाएकाे छ । बैंठकले अहिलेको अवस्थामा निक्षेपको ब्याजदर घटाउनुपर्ने नदेखिएको भन्दै स्थिर राख्ने सहमति गरेकाे हाे ।
हाल व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ११ प्रतिशत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर ९ प्रतिशत रहेको छ । यस्तै बचतको न्यूनतम ब्याजदर ६ प्रतिशत र रेमिट्यान्स निक्षेपमा भने न्यूनतम १ प्रतिशत थप ब्याजदर दिनुपर्ने व्यवस्था केन्द्रीय बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS