काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र कमलपोखरीस्थित सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटरीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ अभित्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न सम( समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ ।
सिटिजन्स बैंकले १८२ शाखा, १३४ एटीएम र ९७ शाखारहित बैंकिङ ईकाइबाट करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS