काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार २४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७० करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको ७ अर्ब रुपैयाँ गरी कुल २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो ।
राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० जेठ २ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० साउन ४ गते, १८२ दिन अवधिको २०८० असोज ३० गते र ३६४ दिन अवधिको ट्रेजरी २०८१ बैशाख ४ गते परिपक्व हुनेछ ।
यसअघि बैंकले २८ दिन अवधिको ३ अर्ब, ९१ दिन अवधिको ८ अर्ब रुपैयाँ, १८२ दिन अवधिको ६ अर्ब ४६ करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब ४६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।
ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।
FACEBOOK COMMENTS