काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु संग छलफल गरेको छ । राष्ट्र बैंकले आज बिहिबार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरु र बैंकका गुनासो सुन्ने अधिकारीहरुसंग छलफल गरेको हो ।
यो समाचार तयार पार्दासम्म छलफल जारी छ । छलफलमा राष्ट्र बैंकका विभागीय प्रमुख, बैंकका सीइओहरु र बैंकका सुनासो सुन्ने अधिकारीहरु सहभागी छन् ।
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको तयारीमा रहेको राष्ट्र बैंकले बैंकका सीइओहरुसँग छलफल गरेको हो । राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षाको तयारीको लागि यो नियमित छलफल भएको बताएको छ ।
छलफल कार्यक्रम गभर्नर कार्यालयले आयोजना गरेको हो ।
FACEBOOK COMMENTS