काठमाडौं । प्रहरीले पछिल्लो समय बैंक खाताहरू ह्याक गरी रकम चोरी गर्ने क्रम बढेको बताएको छ ।
यसरी बैंक खाता ह्याक हुनुमा स्वयम् खाताधनीबाटै विभिन्न कमजोरी हुने गरेको प्रहरीको भनाइ छ ।
अनलाइनमा सस्तोमा सामान देखाउने, अग्रिम भुक्तानी गराउने, पैसा आएको छैन भनेर ह्वाट्स एपमा कल गरी स्क्रिन शेयर गर्न लगाई सहजै ओटीपी लिइ बैंक खाता ह्याक गर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार एक अनुरोध साझा गर्दै भनेको छ, ‘अनलाइनमा सस्तो सामान देखाएर ठगी गर्ने क्रम बढिरहेको छ । त्यसबाट सबै सचेत रहन अनुरोध गर्दछौँ ।’
FACEBOOK COMMENTS