काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट बैंकहरुले लाभांश घोषणा गरिरहेका छन् । २० वटा बैंकमध्ये ९ वटाले लाभांश घोषणा गरेका छन् ।
गत आवको नाफाबाट यो पटक बैंकहरुले बोनस भन्दा नगद लाभांशलाई बढी प्राथमिकता दिएका छन् । गत आवको नाफाबाट नेपाल एसबिआई बैंकले १०.६५ प्रतिशत लाभांश दिने जनाएको छ । जसमा बोनस ३.८ प्रतिशत र कर सहित ६.८५ प्रतिशत नगद लाभांश दिने भएको छ ।
सिटिजन्स बैंकले ४ प्रतिशत बोनस र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश दिएको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले २५.५० प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५० प्रतिशत र कर सहित १९ प्रतिशत नगद लाभांश दिने भएको छ ।
नबिल बैंकले यो नगद लाभांश मात्रै दिने भएको छ । बैंकले करसहित १० प्रतिशत नगद लाभांश दिने भएको छ । प्राइम बैंकले अहिले बोनस नदिने नगद मात्रै दिने भएको छ । बैंकले करसहित ५ प्रतिशत नगद लाभांश दिएको छ ।
सानिमा बैंकले कर सहित ५.२६ प्रतिशत नगद लाभांश दिने भएको छ । लक्ष्मी सनराइज बैंकले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसम बोनस ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६ प्रतिशत लाभांश दिने भएको छ ।
यस्तै ग्लोबल बैंकले ५.५० प्रतिशत बोनस सेयर दिने भएको छ । यस्तै एभरेष्ट बैंकले १५.५३ प्रतिशत लाभांश दिएको छ । जसमा बोनस १० र कर सहित ५.५३ प्रतिशत नगद लाभांश दिएको छ । अन्य बैंकको लाभांश घोषणा हुने क्रममा रहेको छ ।
FACEBOOK COMMENTS