काठमाडौं । रसुवा बाढीका कारण सम्पर्कविहीन हुने बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संख्या २७ पुगेको छ ।
स्याफ्रुबेसी, मैलुङ, वेत्रावती लगायतका शाखामा कार्यएरत विभिन्न वाणिज्य बैंकहरूकाका २७ जना कर्मचरी सम्पर्कमा आउन नसकेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
बैंकका कर्मचारी र सुरक्षा गार्ड सहित २७ जना सम्पर्कविहिन रहेको उनले बताए । बुधबार बेलुकासम्म कर्मचारीहरु मात्रै २६ जना सम्पर्कविहिन रहेकोमा थप ४ जना सम्पर्कमा आएपनि सुरक्षा गार्डहरु पनि समपर्कविहिन रहेको र अअिले पनि २७ जनासँग सम्पर्क हुन नसेकेको उनले बताए ।
नेपाल बैंकर्स संघले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको खोजीका लागि निरन्तर समन्वय गरिरहेको संघका अध्यक्ष सन्तोष कोइरालाले जानकारी दिए ।
बाढीका कारण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका ७, माच्छापुछ्रेका ५, एनएमबिका ४, सानिमाका २, प्रभुका ४, लक्ष्मी सनराइजका ४, हिमालयनका १ जना बेपत्ता रहेको ति बैंकहरूले जनाएका छन् ।

रसुवा बाढीका कारण ९ वाणिज्य बैंकका ९ सहित बैंक तथा वित्तीय संस्थाका एक दर्जन शाखा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्।