काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा छुट पाउने भएका छन् । जसका लागि सोमबार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको हो ।
बैंकका ग्राहक तथा कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलको तर्फबाट निर्देशक डाक्टर राजेन्द्र भट्टले हस्ताक्षर गरका छन् ।
सम्झौता अनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई विभिन्न किसिमका ओपिडि, सर्जरी, औषधी तथा दाँतसँग सम्बन्धीत सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ । यसबाट बैंकका कर्मचारी तथा ग्राहकहरुले प्रत्यक्ष लाभ लिन सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS