काठमाडाैँ । फागुन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । फागुन १ गतेदेखि लागू हुनेगरि सार्वजनिक गरिएको नयाँ ब्याजदर अनुसार अधिकांश वाणिज्य बैंकहरुले माघकै ब्याजदर कायम गरेका छन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई फागुनका लागि निरन्तरता दिएका छन् । अन्य दुई वाणिज्य बैंकमध्ये लक्ष्मी सनराइज बैंकले ब्याजदर घटाएको छ भने ग्लोबल आइएमई बैंकले बढाएको छ ।
फागुन महिनाका लागि समग्र वाणिज्य बैंकहरुको ब्याजदर औसतमा ६.००१ प्रतिशत रहने भएको छ ।
FACEBOOK COMMENTS