काठमाडौँ । नेपाल बैंकर्स संघले ब्याजदर घटाउने निर्णय गरेको छ। बिहीबार बसेको बैंकर्स संघको बैठकले ब्याजदर घटाउने निर्णय गरेको हो।
चैत १ गतेदेखि लागू हुने गरी साधारण निक्षेपमा ०.४ प्रतिशत ब्याजदर घटाइने भएको हो। त्यसैगरी कर्जाको प्रिमियममा ब्याजदर १ प्रतिशतले घटाइने घटाउने निर्णय गरेको हाे।
वित्तीय संस्थाहरुले आधार दरमा ६ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह भइरहेकोमा बढीमा ५ प्रतिशत थप्ने गरी निर्णय गरेका हुन्। प्रिमियम १ प्रतिशतले घटाउने निर्णय चैत १ देखि लागू हुने भएको छ।
आधार दर गत वर्षको पुसको औसत आधार दरको तुलनामा २९ प्रतिशतले बढेको छ । गत वर्ष पुसमा बैंकको आधार दर औसत ८.४२ प्रतिशत थियो।
तत्कालका लागि साना ऋणीलाई राहत हुने गरी प्रिमियम घटाउने निर्णय भएको छ।
त्यस्तै कुल डिपोजिटको ब्याजदर १० प्रतिशत र बचतको ब्याजदर ०.४२ प्रतिशत विन्दुले घटाउने निर्णय भएको उनले बताए। यसको अर्थ बचतको ब्याजदर ६ देखि ८ प्रतिशतको बीचमा रहनेछ।
बैंकहरुसँग भएको कुल निक्षेपमा बचत खातामा भएको निक्षेपको हिस्सा २६ प्रतिशत छ। जसकारण बचतमा ब्याजदर घटाउने निर्णयले बैंकहरुको आधार दर र कर्जाको ब्याजदर घट्छ। मुद्दती निक्षेपमा भने फागुनकै ब्याजदर यथावत राखिने भएको छ।
FACEBOOK COMMENTS