काठमाडौं, १ असोज । बैंक अफ काठमाण्डू लिमिटेडद्वारा आफ्नो डिजिटल कारोबार क्युआर कोड विस्तारित गर्नेक्रममा ब्रिटिश कलेजमा डिजिटल भुक्तानी क्युआर कोड सेवा संचालनमा ल्याएको छ । ब्रिटिश कलेजमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुले मोबाईल बैंकिङ्ग मार्फत यस बैंकको क्यूआर कोडको स्क्यान गरी आफ्नो कलेजको बिल सजिलै भुक्तानी गर्न सक्नेछन् ।
यस बैंक अफ काठमाण्डू लिमिटेडले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने क्रममा बैंकले डिजिटल कारोबारको लागि रणनितीक महत्व भएका स्थानहरु छनौट गरी क्यूआर कोड सेवा संचालनमा ल्याइरहेको छ ।
बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ८१ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
FACEBOOK COMMENTS