काठमाडौं । चालु आर्थिक वर्षको १० महिना सम्ममा वाणिज्य बैंकले करिब ४८ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले वैशाख मसान्तसम्म ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले आर्जन गरेको छ । बैंकले वैशाख मसान्तसम्म ५ अर्ब ६० करोड रुपैयाँ नाफा आर्जन गरेको छ । नबिलपछि दोस्रो धेरै नाफा आर्जन गर्ने बैंकमा ग्लोबल आईएमई रहेको छ । ग्लोबलले ५ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब २ करोड, एभरेष्ट बैंकले ३ अर्ब ९० करोड, नेपाल बैंकले ३ अर्ब २८ करोड र एनएमबि बैंकले २ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यस्तै प्राइम कमर्सियल बैंकले २ अर्ब ५८ करोड स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ३४ करोड, लक्ष्मी सनराईज बैंकले २ अर्ब १५ करोड र सिद्धार्थ बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
यस्तै प्रभु बैंकले २ अर्ब १४ लाख, सानिमा बैंकले १ अर्ब ८७ करोड, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७७ करोड, कृषि विकास बैंकले १ अर्ब ७३ करोड, नेपाल एसबिआई बैंकले १ अर्ब ३८ करोड, माछापुच्छे बैंकले १ अर्ब ३१ करोड, सिटिजन्स बैंकले १ अर्ब १८ करोड, हिमालयन बैंकले ६८ करोड ३४ लाख, कुमारी बैंकले ४८ करोड १९ लाख र एनआईसी एशिया बैंकले ४७ करोड ८७ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेका छन् ।
FACEBOOK COMMENTS