काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को ११ महिनासम्ममा सञ्चालनमा रहेका वाणिज्य बैंकले करिब ५४ अर्ब रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार ११ महिनामा २० वटा वाणिज्य बैंकले ५३ अर्ब ९७ करोड ३४ लाख रुपैयाँ नाफा कमाएका छन् ।
नाफा आर्जनका हिसाबले नबिल बैक अग्रस्थानमा रहेको छ । जेठसम्म नबिल बैंकले ६ अर्ब ४० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । नबिल पछि धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्म ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै धेरै नाफा कमाउने तेस्रो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले जेठ मसान्तसम्म ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । जेठ मसान्तसम्म एभरेष्ट बैंकले ४ अर्ब २४ करोड, नेपाल बैंकले ३ अर्ब ७ करोड ५ लाख, एनएमबि बैंकले ३ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
यस्तै प्राइम बैंकले २ अर्ब ९० करोड ५० लाख, स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड ६२ लाख, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड ९२ लाख, प्रभु बैंकले २ अर्ब ३१ करोड २० लाख रुपैयाँ र सिद्धार्थ बैंकले २ अर्ब २१ करोड ८१ लाख रुपैयाँ नाफा कमाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड २४ लाख, सानिमा बैंकले २ अर्ब १५ करोड ५६ लाख, कृषि विकास बैंकले १ अर्ब ८१ करोड ९३ लाख, नेपाल एसबीआई बैंकले १ अर्ब ५४ करोड ९२ लाख, माछापुच्छ्रे बैंकले १ अर्ब ५० करोड ९२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड १४ लाख, हिमालयन बैंकले ९० करोड ५ लाख रुपैयाँ, एनआईसी एसिया बैंकले ८२ करोड ५७ लाख र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
FACEBOOK COMMENTS