काठमाडौं । चालु आर्थिक वर्षको २ महिनासम्ममा वाणिज्य बैंकहरुले साढे १६ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरका छन् ।
साउन र भदौको अवधिमा बैंकहरुले १६ अर्ब ५९ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यो नाफा गत आवको सोही अवधिको तुलनामा ६.१७ प्रतिशतले थोरै हो । गत आवको दुई महिनामा बैंकहरुले १७ अर्ब ६९ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
नेपाल राष्ट्र बैंकका अुनसार यो अवधिमा १० वटा बैंकको नाफा बद्दा बाँकी १० बैकको घटेको छ । चालु आवको दुई महिनामा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले आर्जन गरेको छ । बैंकले १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३.९७ प्रतिशतले धेरै हो ।
धेरै नाफा आर्जन गर्ने दोस्रो नम्बरमा नबिल बैंक रहेको छ । बैंकले १ अर्ब ३६ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २०.०९ थोरै हो ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब २६ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा १०.५० प्रतिशतले थोरै हो । कुमारी बैंकले दुई महिनामा १ अर्ब ५ करोड ६८ लाख आर्जन गरेको छ । यो नाफा गत आवको तुलनामा २.६० प्रतिशतले घटेको छ ।
प्राइम बैंकले दुई महिनाको अवधिमा १ अर्ब ४ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा ७.३९ प्रतिशतले बढेको छ । एनएमबि बैंकले १ अर्ब ३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा ३२.१४ प्रतिशत बढेको छ ।
भदौ मसान्तसम्म सिद्धार्थ बैंकले ८४ करोड ९० लाख रुपैयाँ नाफा कमाएको छ । बैंकको नाफा ४०.१७ प्रतिशतले बढेको छ । भदौ मसान्तसम्म नेपाल बैंकले ८४ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २४.२७ प्रतिशतले धेरै हो ।
यस्तै माछापुच्छ्र् बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २.७९ प्रतिशतले धेरै हो । लक्ष्मी सनराइजले ९७ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १२.६६ प्रतिशतले धेरै हो ।
एभरेष्ट बैंकले ९१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा १०.५७ प्रतिशत धेरै हो । सानिमा बैंकले दुई महिनाको अवधिमा ७२ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४.६८ प्रतिशतले धेरै हो ।
राष्ट्रिय वाणिज्य बैंकले ८८ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ०.६३ प्रतिशतले धेरै हो । हिमालयन बैंकले ३७ करोड ७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तलनामा ६८.२६ प्रतिशतले घटेको छ ।
नेपाल एसबिआई बैंकले ३५ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३३.५९ प्रतिशतले घटेको छ । कृषि विकासले ५८ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३३.५० प्रतिशतले कम हो ।
प्रभूले ६७ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा २५.९७ प्रतिशत कम हो । एनआइसी एशिया बैंकले ४९ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १४.२६ प्रतिशतले थोरै हो ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा १२.२१ प्रतिशतले कम हो । सिटिजन्स बैंकले ५३ करोड २२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ५.६० प्रतिशतले थोरै हो ।
FACEBOOK COMMENTS