काठमाडौं । फागुनसम्म २० वटा वाणिज्य बैंकले ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.८९ प्रतिशतले धेरै हो । गत आवको सोही अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए । यो अवधिमा बैंकको नाफामा उल्लेख्य सुधार आउन सकेको छैन ।
फागुन मसान्तसम्म नबिल बैंकले सबैभन्दा धेरै ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष आवको सोही अवधिमा ४ अर्ब ७८ करोड नाफा कमाएको थियो ।
ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिको तुलनामा नाफा २.२६ प्रतिशतले घटेको छ ।

