काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब ६४ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंककाअनुसार भदौ मसान्तसम्ममा २० वटा बैंकहरुले उक्त रकम नाफा कमाएका हुन् । राष्ट्र बैंकका अनुसार भदौसम्म ग्लोबल आइएमई बैंकले १ अर्ब ७५ करोड ५८ लाख रुपैयाँ नाफा कमाएको छ । नाफा कमाउने दोस्रो नम्बरका रहेको नबिल बैंकको १ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले दुई महिनामा १ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ भने हिमालयन बैंकले १ अर्ब २३ करोड २४ लाख, कुमारी बैंकले १ अर्ब १४ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको छ ।
भदौ सम्ममा सबैभन्दा कम नाफा कमाउनेमा नेपाल एसबीआई बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा २७ करोड २९ लाख रुपैयाँ नाफा कमाएको छ ।
राष्ट्रिय वाणिज्य बैंकले दुई महिनामा ८७ करोड, प्राइम बैंकले ८३ करोड ६५ लाख, लक्ष्मी सनराइज बैंकले ८१ करोड ४० लाख, एनआईसी एसिया बैंकले ८० करोड, एनएमबि बैंकले ७६ करोड ७० लाख, एभरेष्ट बैंकले ७१ करोड २५ लाख, नेपाल बैंकले ७० करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस्तै प्रभु बैंकले चालु आवको दुई महिनामा ६६ करोड ४१ लाख, कृषि विकास बैंकले ६१ करोड ५६ लाख, सिद्धार्थ बैंकले ५८ करोड ६५ लाख, सानिमा बैंकले ५१ करोड २० लाख, स्टयान्डर्ड चार्टर्ड बैंकले ४८ करोड ४५ लाख, सिटिजन्स बैंकले ४४ करोड ३१ लाख, माछापुच्छ्रे बैंकले ३७ करोड ६३ रुपैयाँ नाफा कमाएका छन् ।
FACEBOOK COMMENTS