काठमाडौँ । एनएमबि बैंकले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डसँग एक सम्झौता गरेको छ । जसअनुसार अब एनएमबि बैंकका ग्राहकहरुले मोबाइल बैंकिङ एप ( इएनएबी एप ) प्रयोग गरी हेटौंडा खानेपानीको महशुल अनलाइनबाट तिर्न सक्ने भएका छन् ।
हेटौंडा खानेपानी कार्यालयमा आयोजित कार्यक्रममा हेटौंडा उपमहनगरपालिकाको नगर प्रमुख मिना कुमारी लामा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् ।
सो कार्यक्रममा एनएमबि बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय र खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप बिष्ट बीच सम्झौता आदानप्रदान भएको थियो । बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।
एनएमबि बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।
FACEBOOK COMMENTS