काठमाडौं । बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने सिन्धुली दुधौली नगरपालिका–८ घर भएका ३० वर्षीय प्रह्लाद खड्का र काठमाडौं चन्द्रागिरी नगरपालिका–६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामा छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौं महानगरपालिका–७ चाबहिल गंगाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरी नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये प्रह्लादलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।
FACEBOOK COMMENTS