काठमाडाैँ । पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेपमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पुष ७ गते बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ६५ अर्ब निक्षेप संकलन भएको छ । अघिल्लो दिन बैंकिङ्ग प्रणालीमा ५६ खर्ब ५९ अर्ब निक्षेप संकलन भएको थियो । यसरी हेर्दा बैंकिङ्ग प्रणालीको निक्षेप ६ अर्बले बढेको हो ।
यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाहरूमा हुने निक्षेप संकलन पनि ३ अर्ब रुपैयाँले बढेको । पुष ६ गते ५९ खर्ब २३ अर्ब संकलन गरेका वाणिज्य बैंकहरुले ७ गते ५९ खर्ब २६ अर्ब निक्षेप संकलन गरेका छन् । सो समयमा कर्जा प्रवाहमा भने वृद्धि देखिएको छ । पुष ६ गते ५३ खर्ब ३४ अर्ब निक्षेप संकलन भएकोमा पुष ७ गते ५३ खर्ब ३८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाहमा पनि ४ अर्बको वृद्धि देखिएको छ । पुष ६ गते ४७ खर्ब २५ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले ७ गते ४७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । केन्द्रीय बैंककाअनुसार सो समयमा सीडी रेसियो ७८ दशमलव ७९ प्रतिशत रहेको छ । त्यस्तै, सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।
FACEBOOK COMMENTS