काठमाडौं । नेपाल राष्ट्र बैंकले फेरि बजारबाट ३० अर्ब रूपैयाँ तरलता तान्ने भएको छ ।
खासगरी बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढ्दै जाने तर अपेक्षित रुपमा कर्जा लगानी हुँन नसक्दा केन्द्रीय बैंकले निक्षेप संकल उपकरणमार्फत तरलता तान्ने भएको हो ।
केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ८९ दिनका लागि ३० अर्ब रूपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । अघिल्लो साता केन्द्रीय बैंकले ४० अर्ब तरलता प्रशोचन गरेको थियो ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल बैंक तथा वित्तीय संस्थाहरू द्वारा संकलित कूल निक्षेपको आकार ७७ खर्ब ३० अर्ब रूपैयाँ नाघेको छ । तर, यसै अवधिमा यता कर्जा लगानी भने ५७ खर्ब ९५ अर्ब रूपैयाँ हाराहारी मात्र हुन सकेको छ ।
समीक्षा अवधिमा जम्मा ७४.२१ प्रतिशत मात्र सीडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंकहरूसँग १५ खर्बमाथि लगानीयोग्य पुँजी रहेको छ ।

तर कर्जाको माग कम हुँदा लगानी हुन सकिरहेको छैन । जसको दबाबमा यतिबेला बैंक तथा वित्तीय संस्थाहरुसँगै केन्द्रीय बैंकमा समेत परेको छ । बैंकहरुको अधिक तरलता व्यवस्थापनमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत निरन्तर तरलता प्रशोचन गरिहेको छ ।

FACEBOOK COMMENTS