काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालकुमारीमा दुई युवाको ज्यान जाने गरी भएको घटनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापरबाही देखिएको बताएका छन् ।
उनले आज सिंहदरबारमा बसेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले थाहा हुँदाहुँदै आन्दोलन भइरहेको बाटोबाट मन्त्रीले यात्रा गर्नु लापरबाही भएको बताएका हुन् ।
उनले भने, ‘पीएसओले नजाऔँ भन्दाभन्दै, त्यहाँ घटना हुँदैछ भन्ने थाहा पाउँदा पाउँदै जानु यो जबरजस्ती हो । चरम लापरबाही हो, हेपेको हो । सामान्य व्यक्तिले गर्ने लापरबाहीले कत्रो मूल्य चुकाउनुपर्छ । त्यत्रो ओहोदामा रहेको व्यक्तिले गरेको लापरबाहीले गर्दा यत्रो ठुलो दुर्घटना भयो ।’
बालकुमारी घटनाको छानबिन गर्न गठित समितिले मन्त्रीले गरेको लापरबाही पनि हेर्नुपर्ने थापाले बताए । उनले भने, ‘यो समितिले मन्त्रीको लापरबाही हेर्छ की हेर्दैन रु लापरबाही हो भने दण्ड हुन्छ ।’
FACEBOOK COMMENTS