काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले दोस्रो चरणको आन्दोलन गर्ने भएको छ ।
बारले आज (सोमबार) इकाइहरुसँग छलफल गर्ने र प्राप्त सुझावको आधारमा दोस्रो चरणको आन्दोलन अघि बढाउने भएको छ ।
सर्वोच्च अदालत बार एसोसिएसनले सोमबार सर्वोच्चमा कालोपट्टीसहित धर्नामा बस्ने, कात्तिक २३ र २५ गते देशभरका अदालतमा धर्ना बस्ने कार्यक्रम तय गरिसकेको छ भने २६ गते इकाइमार्फत देशभरका अदालत बन्द गर्ने कार्यक्रम तय भएको छ ।
FACEBOOK COMMENTS