काठमाडौं । एमाले नेता महेश बस्नेतलाई अवरोध गर्न बारामा जेनजीले प्रदर्शन गरेपछि काठमाडौँमा उडान प्रभावित भएको छ ।
विरोधका कारण सिमरा जाने विमानको उडान रोकिएको हो । सिमरा विमानस्थलमा प्रदर्शन भएको भन्दै यात्रुलाई ओरालिएको एक यात्रु राजन कुइँकेलले जानकारी दिए ।
उक्त विमानमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता रहेको र उनीहरूकै विरोधमा सिमरामा प्रदर्शन भएकोले उडान रोकिएको हो ।
बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका थिए ।
FACEBOOK COMMENTS