काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले सेभियाविरुद्ध शानदार जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले सेभियालाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले ह्याट्रिक गरेका थिए भने डानी ओल्मो र जोआओ क्यान्सेलोले एक एक गोल गरेका थिए । त्यसैगरी सेभियाका लागि ओसो र डिज बरिल सोले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाको २८ खेलमा ७० अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा बार्सिलोना ४ अंकले अगाडी रहेको छ ।
त्यसैगरी सेभियाको भने २८ खेलमा ३१ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS