काठमाडौँ । बार्सिलोना स्पेनिस सुपरकोपाको फाइनलमा पुगेको छ ।
साउदी अरेबियामा जारी स्पेनिस सुपर कोपाको सेमिफाइनलमा बार्सिलोनाले एथलेटिक क्लबलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
गएराती सम्पन्न खेलमा बार्सिलोनाका लागि राफिन्हा र फेरान टोरेजले २-२ र रूनी बार्डघजीले एक गोल गरेका थिए ।
अब बार्सिलोनाले प्रतियोगिताको फाइनलमा आज राति हुने दोस्रो सेमीफाइनल खेल रियल म्याड्रिड र एटलेटिको म्याड्रिडबीचको विजेतासँग खेल्ने छ । फाइनल खेल जनवरी ११ मा हुने छ ।
FACEBOOK COMMENTS